आयत मुखी प्रवृतीकै कारण व्यापार घाटा बढ्दाे : मन्त्री अाङ्वाे

आयत मुखी प्रवृतीकै कारण व्यापार घाटा  बढ्दाे : मन्त्री अाङ्वाे

धरान,२१ मंसिर  । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवोले आयत मुखी प्रवृतीकै कारण व्यापार घाटा दिनानु बढीरहेको वताएका छन् ।

आज धरान १२ स्थित महेन्द्र पथमा कैलाश विकास बैंकको ७० आैँ शाखाको रुपमा उद्घाटन गर्दै मन्त्री आङवोले सो कुरा बताएका हुन् । जब सम्म हामीले वस्तु र सेवालाई निर्यात गर्न सक्दैनौ तबसम्म व्यापार घाटा बढिरहने बताउँदै व्यापार घाटा नियन्त्रण गर्न सरकार लागिरहेको बताए ।  उनले बैंकहरुले पनि उत्पादन र सेवामा लगानी गर्नुपर्ने बताउँदै गाडी घर जग्गा जस्ता बस्तुमा लगानी हुँदा व्यापरमा घाटा बढिरहेको पनि बताए । सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल बनाउन प्रदेश सरकारले सम्पूर्ण युवाहरुका लागी काम स्वदेशमै रोजगारीको बाताबरण बनाउन लागी परेको दाबी गरे ।

कार्यक्रममा धरानका बिभिन्न बैंकको प्रमुखहरु, व्यापारीक प्रतिष्ठानका व्यक्तित्व, पत्रकार सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्