विराटनगरको बैजनाथपुर खेल मैदानमा क्रिकेट क्याम्प आयोजना हुन

विराटनगरको बैजनाथपुर खेल  मैदानमा   क्रिकेट क्याम्प आयोजना हुन

विराटनगर, २१ मंसिर । महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित नेपालमै विराटनगरमा दोश्रोपटक क्रिकेट प्रशिक्षणको आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट फाउण्डेसनद्वारा मंसिर २२ देखि पौष २ गते सम्म १० दिन विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा विरानगर क्रिकेट क्याम्प आयोजना हुन लागेको हो । क्याम्पमा अफ्रिका र एशियामा २० वर्ष देखि क्रिकेट प्रशिक्षण दिदै आएका ईङ्गलिस एण्ड वेल्स क्रिकेट बोर्डका लेभल ३ कोच जोनाथन लि बोथले खेलाडीलाई प्रशिक्षण दिनेछन् ।
गत सालको क्याप्पका सहभागि, विराटनगर ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी र विराटनगर क्रिेकट क्लब एण्ड एकेडेमीका खेलाडी र दुइ विद्यालयका छात्रछात्र गरी जम्म १२० जना किसोर किसोरी सहभागी हुनेछन् । आयोजकले गत वर्ष आयोजना गरेको क्याम्पमा करिब १ सय ३० जनाको सहभागिता रहेको थियो ।
दिगो विकासको लक्ष्यको बुदा ५मा भएको लैङ्गिक समानताको लक्ष्यलाई जोडदिई आयोजित क्याम्मको मुख्य नारा ‘समाज विकासकालागि खेलकुद’ भन्ने रहेको आयोजकले जनाएको छ । क्याम्पमा लैङ्गिक समानताको विषयलाई मैदानमा रहि कसरी सहजीकरण गर्ने भन्ने बारेमा उपस्थित खेलाडी,प्रशिक्षक,शिक्षक तथा खेलका अफिसरहरु लाईसमेत प्रशिक्षण गरिने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्