ताप्लेजुङकाे ओलाङ्चुङगोला नाकालाई उच्च महत्व दिइने : मुख्यमन्त्री राई

ताप्लेजुङकाे ओलाङ्चुङगोला नाकालाई उच्च महत्व दिइने : मुख्यमन्त्री राई

ताप्लेजुङ,  २१ मंसिर। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताएका छन् । ताप्लेजुङको उत्तरी सीमाक्षेत्रको अवस्थाबारे अवलोकन गर्न शुक्रबार ताप्लेजुङ पुगेका मुख्यमन्त्री राईले उक्त नाका प्रदेश–१ को समृद्धिसँग जोडिएकाले यसलाई सन्चालन गर्न सरकार प्रयासरत् रहेको बताए ।

पछिल्लो समयमा सीमा सुरक्षाका सम्बन्धमा धेरै टीका–टिप्पणी आउन थालेकाले सुरक्षा अवस्थाबारे समेत अध्ययन भइरहेको उनको भनाइ  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्