प्याब्सन मोरङद्वारा विराटनगरका ५ जना सम्मानित

<span class='c1'>प्याब्सन मोरङद्वारा विराटनगरका </span> <span class='c2'>५ जना सम्मानित</span>

विराटनगर, २२ मंसिर । प्याब्सन मोरङले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५ जनालाई सम्मान गरेको छ । १४ आंै जिल्ला अधिवेशनको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्याब्सन मोरङले ५ जना व्यक्तिलाई सम्मान गरेको हो । साहित्य र पत्रकारिता क्षेत्रमा विगत डेढ दशकभन्दा लामो समयदेखि सक्रिय मीनकुमार नवोदित, साहित्यकार देवी पन्थी र पत्रकार महेन्द्र विष्टलाई एक नम्बर प्रदेशका प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, प्याब्सन मोरङका अध्यक्ष सुनिल पौडेललगायतले दोसल्ला ओढाएर सम्मान गरे ।

शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका विराटनगरको सगरमाथा बोर्डिङ स्कुलका सञ्चालक वासुदेव न्यौपाने र कोशी विद्या मन्दिरका सञ्चालक राजेशकुमार दासलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका तुम्बाहाङले सम्मान गरेका थिए । प्याब्सनले अधिवेशनको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा तुम्बाहाङले निजी विद्यालयहरुले प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताए । शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै प्रमुख तुम्बाहाङले रोजगारमूलक शिक्षामा ध्यान दिन निजी विद्यालयहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे, महासचिव राजेन्द्र बानिया, सल्लाहकार टीकाराम पुरी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्