आयुर्वेदिक विश्वविद्यालय प्रदेश १ काे अरुण उपत्यकामा नै बन्न सक्छ : मन्त्री पोख्रेल

<span class='c1'>आयुर्वेदिक विश्वविद्यालय प्रदेश १ काे अरुण उपत्यकामा</span> <span class='c2'>नै बन्न सक्छ : मन्त्री पोख्रेल</span>

संखुवासभा, २२ मङ्सिर ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले योगमाया आयुर्वेदिक विश्वविद्यालय अरुण उपत्यकामा नै बन्ने सक्ने संकेत गरेका छन्। शनिबार संखुवासभाको सदरमुकाम खाँदबारीमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पोख्रेलले यस्तो कुरा बताएका हुन्। योगमाया आयुर्वेदिक विश्वविद्यालय बनाउन संघीय सरकारले मस्यौदा निमार्ण गरी सकेको र हिउँदे अधिवेसनले त्यसलाई पारित गर्ने  बताए।

विगतको शिक्षा प्रणालीले जनशक्ति उत्पादन गरे पनि ब्यवहारिक हुन नसकेकाले आयुर्वेद क्षेत्रले ठूलो सम्भावना बाकेको हुनाले यस विश्वविद्यालय संघीय सरकारले चाँडै स्थापना गर्ने शिक्षा मन्त्री पोख्रेलले बताए। अरुण उपत्यकाका भोजपुर र संखुवासभा जिल्लामा हिमाल ,तराई र पहाडको हावापानी भएकाले यहाँ विभिन्न प्रकारका जडीबुटी प्रशस्त मात्रा पाइनु यातायात संजालमा कोशी राजमार्ग र हवाईमार्ग समेत उपलब्ध हुनु नै राम्रो पक्ष भएको मन्त्री पोख्रेलको भनाइ छ। अरुण उपत्यका विभिन्न हिसाबले पनि अघि देखिएको बताए। कोशी राजमार्ग समेत अन्तिम अवस्थामा पुगेकाले नेपाल मात्र नभइ चिन र भारतलाई समेत जोडिनु यस उपत्यकाको लागी उपयुक्ति वातावरण भएको मन्त्री पोखेलले बताए।

आयुर्वेदिक विश्वविद्यालयले सामान्य ढंगले पढाउने मात्र नभइ विभिन्न विषयमा खोज अनुसन्धान गर्ने पर्ने भएकाले सबै कुराले उपयुक्त स्थान भएको क्षेत्रमा बनाउन सरकारको लक्ष्य राखिएको बताए। मन्त्री पोख्रेलले योगमायाले समाज परिर्वतनका लागी गरेका संघर्ष र योगदानको सम्मान गर्दे योगमाया आयुर्वेदिक विश्वविद्यालय नामाकरण गरि विश्वविद्यालय बनाउन सुरुवात गरेको  बताए। उनले नेपालको शिक्षा रोजगारमूलक नभएकोले शिक्षा परिमार्जन गरी २५ वर्षे रणनीति ल्याइएको बताए। योगमाया आयुर्वेदिक विश्वविद्यालयका लागी संघीय सरकारबाट १० करोड बजेट विनियोजन गरिसकेको छ। विनियोजन गरिएको १० करोड रकम योगमाया आयुर्वेदिक विश्वविद्यालय संरचना बनाउन खर्च गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्