पाँचथरमा बन्यो फाल्गुनन्दको सबैभन्दा अग्लो शालिक

<span class='c1'>पाँचथरमा बन्यो फाल्गुनन्दको</span> <span class='c2'>सबैभन्दा अग्लो शालिक</span>

पाँचथर, २२ मङ्सिर ।  पाँचथरको सदरमुकाम फिदिममा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको शालिक निर्माण गरिएको छ । फिदिम नगरपालिकाको १० लाख आर्थिक सहयोगमा निर्माण गरिएको शालिक फिदिम–१, फाल्गुनन्द चोकमा राखिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको शालिक देशका विभिन्न स्थानमा बनाएर राखिएको शालिकमध्येको सबैभन्दा अग्लो शालिक भएको नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले बताए।

शालिकको उचाइ १२ फिट ८ इन्च अग्लो रहेको छ । किराँत समुदायका महान समाज सुधारक लिङदेनको जन्म १९४२ साल कात्तिक २५ गते इलाम जिल्लाको साविक इभाङ गाविसको चुक्चिनाम्बामा भएको थियो । लिङदेनको समाधि स्थलभने पाँचथरको फिदिम नगरपालिका–३ को सिलौतिमा रहेको छ  । यो स्थल धार्मिक पर्यटककीय रुपमा महत्वपुर्ण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्