झापा अाएर कमल थापाले भने, ‘सरकारले धार्मिक द्वन्द्वको बिउ रोप्यो’

झापा अाएर कमल थापाले भने, ‘सरकारले धार्मिक द्वन्द्वको बिउ रोप्यो’

झापा, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले धार्मिक द्वन्द्वको बिउ रोप्ने काम गरेको आरोप लगाएका छन् । नेपालमा धर्म निरपेक्षता लादिएको भन्दै उहाँले हिन्दू राष्ट्र जनताको नैसर्गिक अधिकार भएकोले नखोस्न आग्रह समेत  गरे ।

झापाको विर्तामोडमा शनिबार आयोजित हिन्दू राष्ट्र पुर्नस्थापना जनजागरण सभामा अध्यक्ष थापाले धर्मका नाममा राजनीति गर्नेहरुले नेपाललाई धर्म निरपेक्षता घोषणा गरेर ९४ प्रतिशत वैदिक सनातनको अस्तित्व समाप्त पार्न खोजेको आरोप लगाए  । अध्यक्ष थापाले हिन्दुत्वको लडाईँ भोटको लागि नभई आस्था, बिश्वास र पहिचान संरक्षणको भएको भन्दै राजनीतिक रुपमा गरिएको फोहोर राजनीति रुपमा नै सफा गर्न आफूहरु अगाडि बढेको  बताए ।

विदेशीहरुको षड्यन्त्रका कारण नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएको भन्दै उनले काठमाडौंमा भएको युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लक्षित गर्दै आगोसँग नखेल्न सरकारलाई चेतावनी समेत दिए । कार्यक्रममा राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनलगायतका नेता तथा धार्मिक व्यक्तिहरुले नेपालको पहिचानका लागि हिन्दू राष्ट्र पुनःस्थापना अनिवार्य भएको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्