सहकारीलाई उत्पादनसँग जोड्न प्रदेश–१ का अर्थमन्त्रीको सुझाव

<span class='c1'>सहकारीलाई उत्पादनसँग जोड्न प्रदेश–१</span> <span class='c2'>का अर्थमन्त्रीको सुझाव</span>

झापा, २२ मङ्सिर ।  प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सहकारीले समाजवादी अर्थतन्त्र विकासमा खेलेको भूमिका प्रशंसा गर्न योग्य रहेको बताएका छन्। शनिबार सम्पन्न नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाको २६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री आङ्बोले सहकारीलाई उत्पादनसँग जोड्न सुझाव दिएका हुन्। आङ्बोले उत्पादनसँग सहकारीलाई जोड्ने कुरामा सरकारको पूर्ण सहयोग हुने बताए।

अबको युग आर्थिक क्रान्तिको भएको उल्लेख गर्दै आङ्बोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताए। नेपाली कृषि वस्तुको निर्यातमा जोड दिँदै अलैंची, अदुवा, चिया लगायतका वस्तु तेस्रो मुलुक निर्यात बढाउन उनले जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्