प्याब्सन मोरङको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित

प्याब्सन मोरङको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित

विराटनगर, २३ मङ्सिर ।  निजी तथा आवासिय विद्यालय नेपाल(प्याब्सन) मोरङको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित भएका छन् । १४ औं अधिवेशनबाट निकटमत प्रतिद्वन्द्वी सुनिल पौडेललाइ ४० मतान्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । गएराती भएको निर्वाचनको मत गणना पछि बस्नेतले १ सय २१ मत प्राप्त गर्दा पौडेलले ८१ मत प्राप्त गरेका थिए । बस्नेत समुहले सह सचिव बाहेक सम्पूर्ण पदमा आफ्ना पदाधिकारीलाई जितेको हो । सहसचिवमा मनकुमारी गुरुङ निर्विरोध निर्वाचित भएकी हुन ।
त्यस्तै प्याब्सन मोरङको वरिष्ठ उपाध्यक्षमा सितला सुब्बा, महिला उपाध्यक्षमा रिना थापा पनि निर्विरोध निर्वाचित भए । दुई उपाध्यक्षमा भक्तराज सुब्बा र सुवास राई विजयी भएका छन् । त्यस्तै सचिवमा प्रेमलालसिंह सुवालले पुष्पविक्रम बस्नेतलाई ५७ मतले पराजित गरे । कोषाध्यक्षमा अमिश रेग्मीलाई पराजित गर्दै जगतबहादुर बस्नेत निर्वाचित भए । दुई सह–सचिवमा सिएम रिजाल, र विष्णु डङ्गाेल निर्वाचित भए । सह–कोषाध्यक्षमा देवी सिटौला निर्वाचित भएभने छ सदस्यका लागि भएको निर्वाचनबाट अमृतप्रसाद ढकाल, केदार पौडेल, ईन्द्र सुब्बा, नगेन्द्रप्रसाद ढकाल, सुर्यप्रसाद गौतम र दिपेन्द्र कर्ण निर्वाचित भएका छन् ।
त्यसैगरि १६औ महाधिवेशन प्रतिनिधीकालागि भएको निर्वाचनबाट नेत्रप्रसाद गड्तौला, इन्द्रप्रसाद घिमिरे, राजु तिम्सिना, हिरा थापा, गोपालप्रसाद पाठक, कमलराज गौतम, भुवन श्रेष्ठ, केदार खनाल,अ मित खड्का, तेजबहादुर खत्री, कृष्णप्रसाद गौतम, छवि बास्कोटा, चोलानाथ पोखरेल, चण्डी रेग्मी, भोलानाथ पाण्डे , रविन कन्दग्ङवा निर्वाीचत भएको नव निर्वाचित सचिव प्रेमलालसिंह सुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्