विराटनगर जुनियर जेसिजको अध्यक्षमा दीपा , यस्तो छ नयाँ कार्यसमिति

विराटनगर जुनियर जेसिजको अध्यक्षमा दीपा , यस्तो छ नयाँ कार्यसमिति

बिराटनगर मङ्सिर २३ , विराटनगर जुनियर जेसिजको बर्ष २०१९ को अध्यक्षमा दीपा ओडारी निर्विरोध निर्वाचित भएकी छिन  ।

उनि जुनियर जेसिजको दोश्रो महिला अध्यक्ष भएकी छिन  । यसअघि विराटनगर जुनियर जसिजको महिला अध्यक्ष चण्डिका भण्डारी भएकी थिइन् ।

बिराटनगर जुनियर जेसिजको निर्वाचनले ओडारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

सस्थाको महासचिवमा प्रिन्स पौडेल, कार्यकारीणी उपाध्यक्षमा प्रशंका पौडेल र रितेश मैनाली उपाध्यक्षमा गौरव कर्ण, मुकेश यादव र चन्दा खङ, कोषाध्यक्षमा विकल्प न्यौपाने र सहसचिवमा दीपा रेग्मी निर्वाचित भएको निर्वाचन आयुक्त सनराईज चौधरीले जानकारी दिए ।

बिराटनगर जुनियर जेसिजको कानुनी सल्लाहकारमा जिना शर्मा, तालिम प्रशिक्षकमा अंकित थापा मगर र जनसम्पर्क अधिकारीमा गरिश्मा कोइराला चयन भएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्