अपाङता व्यक्तिहरुको हितमा सामाजिक विकास मन्त्रालय विशेष निति ल्याउने तयारीमा

अपाङता व्यक्तिहरुको हितमा  सामाजिक विकास मन्त्रालय विशेष निति ल्याउने तयारीमा

विराटनगर, २३ मंसिर। प्रदेश एकका समाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङता भएका व्यक्तिहरुको हितमा प्रदेश सरकारले विशेष निति ल्याउने तयारी गरिरहेको बताएका छन् ।
राष्ट्रिय बहिरा महासंघ नेपालको विराटनगरमा आयोजित २२ औं बार्षिक सभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले बहिराहरुका साथै अपाङता भएका ब्यक्तिहरुको हितमा प्रदेश सरकारले बिशेष नीति ल्याउन लागेको बताए । उनले त्यसका लागि प्रदेश सरकारले कार्यदल गठन गरेर सुझाव संकलन गरिरहेको जानकारी दिए ।
अपाङता भएका ब्यक्तिहरुले उठाउँदै आएका समस्याहरु छिट्टै समाधान हुने विश्वास ब्यक्त गरे । मन्त्री घिमिरेले अपाङता भएकाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक तालिम आयोजना गर्नुका साथै विराटनगरमा रहेको बहिरा स्कुललाई स्तरोन्नती गर्ने र धरानमा रहेको ज्ञानचक्षु माध्यमिक विद्यालयलाई प्रदेशस्तरीय विद्यालय बनाइने घोषणा समेत गरे ।
महासंघका महासचिव बिजय तामाङले हरेक स्थानीय तहमा दोभाषे राख्न प्रदेश सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्