ईलाममा बनभोज खाने क्रममा सर्किएर एक जनाको मृत्यु

ईलाममा बनभोज खाने क्रममा  सर्किएर एक जनाको मृत्यु

ईलाम, २३ मंसिर ।  ईलामको सुर्योदय नगरपालिका-७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका-७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा बनभोज खाने क्रममा सर्किएर सोही सहकारीका कर्मचारी  बर्ष ४५ को उदयमान चौधरीकाे मृत्यु भएकाे हाे ।    खाना सर्किएर गम्भीर  भएका चौधरीलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित वि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएकाे प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्