विराटनगरमा बालक्लबकाे महिनावारी शिविरमा मेयरले प्याड बाँडे,दोश्रो बच्चा छोरी पाउँदा २५ हजार

विराटनगरमा बालक्लबकाे महिनावारी शिविरमा मेयरले प्याड बाँडे,दोश्रो बच्चा छोरी पाउँदा २५ हजार

विराटनगर, २३ मंसिर ।
विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको सार्बजनिक माध्यामिक बिद्यालयमा किशोर किशोरीको भिड थियो । कोही आफ् भन्दा ठुलालाई सिकाउँदै गरेका अनी कोही आफु सरहका साथिहरुलाई आफुमा परेका समस्याको बारेमा सुनाउँदै थिए । शनिवार भएको यो क्रम करिब ४ घण्टासम्म चल्यो । अभिभावकहरु बालबालिकाको कुरामा सकारात्मक देखिए भने आफुलाई परेको समस्याको बारेमा भनेका बालबालिका पनि निक्कै खुसी देखिन्थे । फरक फरक कोठामा भेला भएका बालबालिकाहरुमा एक खालको उत्साह थियो । त्यसमा पनि किशोरीहरु आफ्ना समस्याको बारेमा बालक्लबका आफु सरह कै साथिहरुलाई भन्दै थिए ।
यस्तो कार्यक्रम बिराटनगर महानगरपालिका बाल क्लब संजालले देउसी खेलेर जम्मा गरेको रकमबाट सुरक्षित महिनावारी ब्यवस्थापन सम्बन्धि शिविर संचालन कार्यक्रमको हो । विराटनगर महानगपालिकाको वडा नम्बर १८ र १९ लाई बालमैत्री घोषणा गर्न समस्या देखिएपछि यो शिविरलाई बाल क्लब संजालको अगुवाईमा संचालनमा ल्याईएको हो । बाल क्लब सञ्जालका भाईबहिनीले तिहारको बेला देउसी खेलेर करिब १८ हजारजम्मा गरेका थिए । त्यो रकम केमा खर्च गर्ने भन्ने अबस्थामा रहेका उनीहरुले सामाजिक काममा नै लगाउने त्यो पनि बालबालिकाको क्षेत्रमा भन्ने छलफलबाट निश्कर्ष निकाले । अनी बालमैत्री घोषणा हुन बाँकी रहेको वडा नम्बर १८ र १९ मा बिशेष गरी बालिका र अभिभावकल लक्षित सुरक्षित महिनावारी ब्यवस्थापन सम्बन्धि शिबिर संचालनमा ल्याएको नगर बाल क्लव संजालका अध्यक्ष श्याम गुप्ताले बताए ।
मेयरले प्याड बाँडे
भित्र बालबालिकाले अभिभावक, किशार तथा किशोरीलाई महिनावारी समस्याको बारेमा बुझाई रहेको बेलामा पुगेका विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बालबालिकाले गरेको अभियानको बारेमा खुलेरै प्रशंसा गरे । भने, ‘विराटनगर महानगरपालिकको २ वटा वडालाई बालमैत्री घोषणा गर्न बालक्लब संजालका भाई बहिनीले देउसी खेलेर जम्मा गरेको रकममा महानगरपालिको सहयोग पछि यसरी कार्यक्रम गर्न सफल भएका छौ ।’
सिक्ने पनि बालबालिका अनी सिकाउने पनि बालबालिका त्योसँगै महिनावारीको बारेमा जानकारी भएका बिशेषज्ञले समेत बालबालिकालाई सहजीकरण गरेको हेरेका मेयरले एकैछिनमा प्याड बाँड्न भ्याएका थिए । प्याड बाँड्दै भने,‘यौन र प्रजनन्को बारेमा खुलेरै बोल्यो भने सुरक्षित भइन्छ ।’
दोश्रो बच्चा छोरी पाउँदा २५ हजार
बालबालिकाले आयोजना गरेको कार्यक्रममा मेयर पराजुलीले महानगरले छोरी बचाउने अभियान संचालन गरेको समेत सुनाए । उनले विराटनगर महानगरपालिका भित्र पहिलो सन्तान छोरी जन्माउने आमालाई ३ हजार दिईँदै आएकोमा यो बर्ष देखि दोश्रो सन्तान छोरी जन्माउँदा २५ हजार त्यो छोरीको नाममा अक्षयकोषको रुपमा रहने ब्यवस्था गरिएको जानकारी दिए । ‘छोरी बचाऔ, छोरी पढाऔँ’ अभियान अन्तरगत दोश्रो सन्तान छोरी जन्मँदा महानगरले अक्षयकोषको रुपमा त्यही बच्चाको नाममा जम्मा गरिदिने र उक्त बालिका पढ्ने बेला त्यो रकम पाउने उनले बताए । (प्रस्तुती : सुमन सुस्केरा )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्