विराटनगरका सौन्दर्य कलाकर्मी महिलाले पिकनिकमा यस्तो गरे( फोटो फिचर सहित)

विराटनगरका सौन्दर्य कलाकर्मी महिलाले पिकनिकमा यस्तो गरे( फोटो फिचर सहित)

विराटनगर, २३ मंसिर । राष्ट्रिय सौन्र्दयकलाकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले पिकनिक कार्यक्रम आयोजना गरेको छ । विराटनगर भित्र छरिएर रहेका सौन्र्दय कलाकर्मीहरुलाई एक जुट बनाउने उद्देश्यले पिकनिक आयोजना गरिएको नगर कमिटीले जनाएको छ । हाल विराटनगरमा ८० जना बढी व्यावसायिक रुपमा सौन्र्दयकलाकर्मीहरु रहेका छन् । विराटनगरमा छरिएर रहेका सम्पुर्ण सौन्दर्यकलाकर्मीहरुलाई भेटघाट तथा आपसी सम्बन्ध बढाउने हेतुले पिकनिक आयोजना गरिएको नगर कमिटि अध्यक्ष सायदा तवस्सुमले जानकारी दिईन् । सौन्दर्य कलाकर्मीहरु शनिबार धरानको हरीयाली पार्कमा पिकनिकको लागि पुगेका थिए । फोटोमा हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्