धरानमा रहेकाे शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र ६ महिना देखि डाक्टर बिहीन

धरानमा रहेकाे शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र ६ महिना देखि डाक्टर बिहीन

धरान, मङ्सिर ।  धरान –१७ रेल्वे स्थिर रहेको शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र ६ महिना देखि डाक्टर बिहीन भएको छ । हाल एक जना मेडिकल अफिसरको पद रिक्त हुँदा त्यहाँ उपचारमा जाने बिरामीले उपचार हुन सकिरहेका छैनन् । गत असार महिनामा प्रर्वद्धन केन्द्रमा एक जना एम.बि.बि एस डाक्टर कार्यरत रहेका थिए । तर हाल केन्द्र एच ए को भरमा सञ्चालन भैरहेको छ । सो केन्द्र हालैमा सरकारको स्थानीय तहमा एक अस्पतालको अवधारणा अनुरुप धरान उपमहानगरपालिका वडा नम्बर –१७ रेल्वेमा स्थापना भएको हो । मेडिकल अफिसर सहित १५ जनाको दर बन्दी सहित २०७४ साल चैत महिनामा सञ्चालनमा आएको केन्द्रमा अहिले दैनिक ३० जना सम्म बिरामी उपचारको लागि जाने गरेका छन् ।

असारमा केन्द्रमा कार्यरत डा.नम्रता झाले राजीनामा दिएर गएपछि सो पद रिक्त रहेको शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रका जन स्वास्थ्य अधिकृत रोशन कुमार यादवले जानकारी दिए । त्यहाँ अहिले सामान्य उपचार गराउने बाहेक अन्य कुनै डाक्टर नभएकाले जटिल प्रकारको रोगको उपचार हुँदैन बिरामी फर्काउनु पर्ने हाम्रो उनीहरुको बाध्यता रहेको यादवले बताए ।

बिरामी जाँचदेखि लिएर निःशुल्क औषधी वितरण गरिने सो ठाउँमा सरकारले स्वास्थ्य संस्था मार्फत ७४ प्रकारका औषधी निःशुल्क दिने गरेको भएपनि चिकित्सक नहुँदा सरकारको निःशुल्क स्वास्थ्य सेवा समेत प्रभावित हुन पुगेको जन स्वास्थ्य अधिकृत यादवको भनाई रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्