पिस फेडरेसन पछि स्थानीय तह विवादमा, प्रमुखहरुलाई मोटो रकम उपलब्ध गराएको खुलासा

पिस फेडरेसन पछि स्थानीय तह  विवादमा,  प्रमुखहरुलाई मोटो रकम उपलब्ध गराएको खुलासा

विराटनगर, २३ मङ्सिर । केही दिनअघि काठमाडौँमा सम्पन्न युनिभर्सल पिस फेडरेसनको कार्यक्रम विवादास्पद बन्दै गर्दा त्यसले स्थानीय तहलाई पनि विवादमा तानेको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलर उपलब्ध गराएर विवादमा तानिएको कार्यक्रमले स्थानीय तहका प्रमुख–उपप्रमुखहरुलाई मोटो रकम उपलब्ध गराएको खुल्न आएको छ।

पिस एण्ड फ्यामिली फेस्टिभल २०१८ नामबाट विराटनगर महानगरलाई आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन नेपालले सहभागिताका लागि निमन्त्रणा गरेको थियो। धार्मिक सहिष्णुता खलल् पुर्याउने र रकम बाँडेको सन्दर्भले विवादित बनिरहँदा महानगरका प्रमुख उपप्रमुखलाई रकम उपलब्ध गराएको स्रोतको भनाइ छ। महानगरपालिका स्रोतका अनुसार मंसिर १८ गते आयोजित कार्यक्रममा महानगरपालिकाका पदाधिकारीलाई २० हजारदेखि ३० हजार डलरले सम्मान गर्ने बताइएको थियो।

यद्यपि, एशियाली विकास बैंकको कार्यक्रम सोही अवसरमा परेको हुँदा प्रमुख भीम पराजुली कार्यक्रममा उपस्थित नभएको स्रोतको दाबी छ। परिवारसहितका लागि निमन्त्रणा गरिएको कार्यक्रममा महानगर प्रमुख पराजुलीलाई उत्कृष्ट जोडीका रुपमा सम्मान गर्ने प्रलोभन राखिएको श्रोतले जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रममा सहभागिता नजनाउन सर्कुलर गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको र मेयर पराजुलीसँगको आपसी सहमतिमा कार्यक्रममा आफू पुगेको उपप्रमुख इन्दिरा कार्कीले दाबी गरेकी छिन्। सो क्रममा आफूले कार्यक्रमका उपस्थित रहँदा कुनै पनि प्रकारको आर्थिक सहयोग नलिएको दावी गरिन्। यस विषयमा महानगरका प्रमुख पराजुली पनि रकमबारे अनिभिज्ञ रहेको बताउँछन्। तथापि स्रोतका अनुसार कार्यक्रममा उपस्थित भइरहँदा आयोजक फेडेरेसनले अतिथिका लागि हवाई टिकटदेखि बसोबाससम्मको व्यवस्था गरेको थियो।

(साभार : देश सञ्चार डट कम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्