विराटनगरको अर्किडमा लागूऔषध दुर्ब्यशनी न्युनिकरण सम्बन्धमा सचेतना कार्यक्रम

<span class='c1'>विराटनगरको अर्किडमा लागूऔषध दुर्ब्यशनी</span> <span class='c2'>न्युनिकरण सम्बन्धमा सचेतना कार्यक्रम</span>

विराटनगर, २३ मंसिर ।
विराटनगर १० मा रहेको अर्किड कलेजमा अध्ययनरत विद्यार्थीलाई साइबर अपराध,मानव तस्करी तथा लागूऔषध दुव्र्यसन सम्बन्धमा एक दिने प्रशिक्षण दिएका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका सई प्रविण भट्टराईले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषधको परिभाषा, प्रकार, लागु औषध दुब्र्यसनी, कानूनी व्यवस्था, लागु औषधको सेवनबाट व्यक्ति, परिवार र समाजमा पर्ने असर, नियन्त्रणका उपाय र सडक दुर्घटनासंग सम्बन्धि प्रशिक्षण दिएका थिए ।
भट्टराईले लागु औषध दुब्र्यशनी नियन्त्रण गर्न सवै मिलेर अघि बढ्नु पर्ने धारणा ब्यक्त गरे । कार्यक्रममा १२ विज्ञान संकायमा अध्ययनरत ८१ जना छात्र छात्राहरुको सहभागी रहेको कलेजका प्रिन्सिपल दिपेश बाँस्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्