अवैध सम्बन्धबाट जन्मिएको आफ्नै शिशुको हत्या गर्ने महिला पक्राउ

<span class='c1'>अवैध  सम्बन्धबाट जन्मिएको  आफ्नै</span> <span class='c2'>शिशुको हत्या गर्ने महिला  पक्राउ</span>

संखुवासभा,  २३ मंसिर ।  संखुवासभाको खाँदबारी नगरपालिका-६ काे मयम भन्ने स्थानमा आइतवार अवैध गर्भधारणबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । अवैध गर्भधारण गरी शिशुको हत्या अभियोगमा सोही ठाउँ की स्वर्गीय टंकमान राईको श्रीमती बर्ष ३७ की फुलमाया राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आइतवार रातको समयमा राईले बच्चा जन्माएर हत्या गरि डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट गएकाे  प्रहरी टोलीले  राईलाई नियन्त्रणमा लिएकाे हाे ।    शिशुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको छ भने घटनाकाे बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्