करोडौँ उठाएर विराटनगरका सुन ब्यापारी बेगवानी फरार

करोडौँ उठाएर विराटनगरका सुन ब्यापारी बेगवानी फरार

विराटनगर, २४ मंसिर ।
विराटनगरका एक सुन ब्यापारी ग्राहक र बैंकको करोडौँ रुपैयाँ ऋण लिएर भागेका छन् । विराटनगरको जलजला चोकमा सुन पसल संचालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार बेगवानी करोडौँ रुपैयाँ ऋण लिएर भागेका हुन् । तीनवटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्बसाधारण र ब्यापारीको करिब १५ करोड रुपैयाँ लिएर ॐ लक्ष्मी ज्वेलर्स संचालन गर्दै आएका सन्तोषकुमार वेगवानी भागेका हुन् । विराटनगरमा उनका बुवा स्वर्गिय जतनलाल बेगवानीले करिब ५० बर्ष अघिदेखि सुनको कारोवार शुरु गरेका थिए । जतनलालका ३ छोरा मध्य दुई छोराले बुबाले खोलेको महालक्ष्मी ज्वेलर्सको नाममा जलजला चोक र मेनरोडमा सुन पसल संचालन गरिरहेका छन् । दाजुसँग छुट्टीएर ॐ लक्ष्मी ज्वेलर्स संचालन गरेका बेगवानी पछिल्लो समय करोडौ रुपैयाँ लिएर परिवार सहित भागेका हुन् ।
करिब ५७ बर्षिय बेगवानीका तीन छोरा मध्य कान्छाछोरा कुलदिप बैङ्लोरमा ब्यापार गर्दै आएका छन् । जेठा प्रदिपकुमार र माईला सन्दीप भने उनीसँगै विराटनगरमा बस्दै आएका थिए । विराटनगरमा ब्यापार डुबेपछि बेगवानी परिवार सहित भारत प्रवेश गरेको पारिवारिक श्रोतले जनाएको छ । केही बर्षयता ऋणमा डुबेका बेगवानीले ब्यापारी र सर्बसाधारणबाट पनि मोटो रकम उठाएका थिए । उद्घोष दैनिकमा बिस्तृत खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्