‘प्रथम मैनामैनी पर्यटन महोत्सव ’ आगामी पुस १ गतेदेखि हुने

‘प्रथम मैनामैनी पर्यटन महोत्सव ’ आगामी पुस १ गतेदेखि हुने

उदयपुर, २४ मङ्सिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको मैनामैनीमा ‘प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५’ आगामी पुस १ गतेदेखि हुने भएको छ ।

पहिलोपटक आयोजना गरिने महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तु, अग्र्यानिक कृषि उत्पादन, पर्यटनसम्बन्धी विभिन्न जानकारी, चित्रकला प्रदर्शनी, सस्तो बजारलगायत ३० ओटा स्टल रहनेछन् । ‘पर्यटनको सम्भावना, पर्यटनमा सहभागिता र पर्यटनको समृद्धि’ भन्ने मूल नाराका साथ बेलका नगरपालिका–७ को आयोजनामा एक हप्तासम्म महोत्सव सञ्चालन हुने भएको हो ।

राईका अनुसार चम्पाकोटबाट दैनिक प्याराग्लाइडिङ उडान, रानीटारबाट दैनिक र्‍याफ्टिङ, कोशी टप्पु बन्यजन्तु आरक्षमा दैनिक जंगल सफारी, १ सय ७० फिट लम्बाइको कोलोहाङ झरना, चम्पाकेही र जाल्पादेवी दर्शन, मैनारानी देवीको दर्शन प्रमुख आकर्षणको रूपमा रहेको छ । महोत्सव अवधिभर ६० देखि ८० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक भित्रने अनुमान गरिएको छ । क्षेत्रको विकासको लागि महोत्सवमा पर्यटनसम्बन्धी विभिन्न प्याकेज तयार गरेको राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्