कर्मचारी समायोजन प्रक्रिया शुरु, १ लाख ६ हजार कर्मचारीको विवरण सार्वजनिक गरिदै

<span class='c1'>कर्मचारी समायोजन प्रक्रिया शुरु, १ लाख</span> <span class='c2'>६ हजार कर्मचारीको विवरण सार्वजनिक गरिदै</span>

काठमाडौं, २४ मङ्सिर।  मुलुकमा संघीयता लागु भएको ३ बर्ष पछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु भएको छ । सरकारले स्वीकृत गरि पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै कर्मचारी समायोजन प्रक्रिया शुरु भएको हो । राष्ट्रपतिले सो अध्यादेश आइबतार प्रमाणीकरण गर्नुभएको हो ।

अध्यादेश लागु भए सँगै निजामती तर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र अन्य संगठित संस्थाका २ हजार गरि करिव १ लाख६ हजार कर्मचारीहरुलाई समायोजन प्रक्रियामा सामेल गराउने गरि कार्य प्रारम्भ गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका सचिव दिनेश कुमार थपलियाले जानकारी दिए । अव कर्मचारी समायोजन प्रक्रिया शुरु भयो , सबै जना समायोजनको लागि तयारी अवस्थामा वस्दा हुन्छ । ’सचिव थपलियाले राजधानी सँग भने ।, सचिब थपलियाकाअनुसार अब देशभरका तिनवटै तहको संगठन संरचना र दरवन्दिको अन्तिम टुंगो लगाइने छ ।

त्यसपछि सफ्टवेयर मार्फत सबै कर्मचारीको विवरण वेभसाइटमा सार्वजनिक गरि समायोजन प्रक्रियामा सामेल हुन आव्हान गरिने सचिव थपलियाले बताए । सबैजना समायोजनमा सामेल हुनुपर्छ र समायोजन प्रणाली र सफ्टवेयरले गर्नेछ । ’सचिव थपलियाले भने । यी प्रक्रियाहरु सोमबार देखि नै थालिने सचिव थपलियाको जानकारी दिए । समायोजन अध्यादेश अनुसार प्रदेश र स्थानीय तहमा रहने सबै पदहरुलाई तहगत रुपमा मिलान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्