विकट ताप्लेजुङका सबै स्थानीय तहमा यातायात पुगे

विकट ताप्लेजुङका सबै स्थानीय तहमा यातायात पुगे

ताप्लेजुङ, २४ मङ्सिर  । भौगोलिक रूपले विकट ताप्लेजुङका सबै स्थानीय तहमा यातायात पुगेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा सवारीसाधन पुगेसँगै यहाँका ९ ओटै स्थानीय तहका नागरिक सवारीसाधनबाट नै ओहोरदोहोर गर्न सक्ने भएका छन् ।

फुङलिङ नगरपालिका–९, हाङ्देवा हुँदै तमोर नदी तारेर मिक्वाखोला–२ को थुम्वाबेँशीमा सवारीसाधन पु¥याइएको छ । तमोर तर्नका लागि १२ ओटा ह्युम पाइप राखिएको छ । सडक खुलेसँगै बजारसम्म ओहोरदोहोर गर्न, गाउँमा फलेका तरकारी, अन्नपात विक्री गर्न र उपचारका लागि सहज हुने स्थानीयको भनाइ छ । गाडी तारिएको स्थानमा निर्माणाधीन सानिमा हाइड्रोपावरले मोटरेबल पुल बनाउँदै छ । दुई महीनाभित्रै पुल निर्माण सकिने र त्यतिन्जेल खोलाबाटै सवारी सञ्चालन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्