बिराटनगरका युवा श्रिजे ‘दि भ्वाइस अफ नेपाल’ को फाइनलमा

बिराटनगरका युवा श्रिजे ‘दि भ्वाइस अफ नेपाल’ को फाइनलमा

बिराटनगर मङ्सिर २४  । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट चुनिएका छन् ।

उत्कृष्ठ ८ जना सेमिफाइनलिष्टको शनिबारको प्रस्तुतीलाई हेरेर दर्शकको भोटका आधारमा ४ जना फाइनलिष्ट आइतबार साँझ घोषणा गरिएको हो ।

फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी, टिम प्रमोद खरेलबाट बिराटनगरका श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य छन् ।

सेमिफाइनलमा टिम सनुप पौडेलबाट विद्या तिवारी र सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी र विवेक वाइवा लामा तथा टिम प्रमोद खरेलबाट सुशील गर्तौला र श्रिजे थपलिया र अभया सुब्बाबाट श्रेया राई र कुशल आचार्य पुगेका थिए ।

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको परफरमेन्सको निर्धारण हुँदै आएको छ ।

‘दि भ्वाइस अफ नेपाल’को फाइनल कतारको दोहामा १४ डिसेम्बरमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्