रातीको समयमा डकैती गर्न आएका ब्यक्ति सुनसरीमा प्रहरीको गोलीबाट यसरी मारिए

<span class='c1'>रातीको समयमा डकैती गर्न आएका ब्यक्ति</span> <span class='c2'>सुनसरीमा प्रहरीको गोलीबाट यसरी  मारिए</span>

विराटनगर, २४ मंसिर ।
सुनसरीको कोशी गाउपालिका ७ मा प्रहरीको गोली लागेर डाका समहको एकजनाको ज्यान गएको छ । गाउँपालिकाको मुसहरी टोलीमा डकैती गर्न आएका समुहमाथि प्रहरीले गोली प्रहार गरेको हो । गएराती १० बजे ५–६ जनाको समुहमा आएका ब्यक्तिहरुको समुहले गस्तीमा रहेको नेपाल प्रहरीको टोलीमाथि गोली प्रहार गर्न खोजेपछी प्रहरीले जवाफी फायरिङ गरेको प्हरीले जनाएको छ ।
सो क्रममा करिब ३५ बर्षका एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिए । हतियारधारी समुहसँग प्रहरीको भिडन्त भएपछि प्रहरी माथि आक्रमण गर्ने समुह भारत तर्फ भागेका थिए । उनीहरुको साथबाट प्रहरीले २ थान कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।
भारततर्फबाट उनीहरु आपराधिक क्रियाकलाप गर्नका लागि नेपाल तर्फ आएको हुन सक्ने प्रहरीको अनुमान छ । यो क्षेत्रमा हरेक दिन स्थानीयका भैसी र गोरु चोरी हुने गरेको थियो । यहाँका स्थानीयले डैकैतीको लामो समयदेखि समस्या भोग्दै आएपछि प्रहरीले गस्ती बढाएको थियो । राती राती भारतीय सिमा नाकाबाट आउने गरेको वडा नम्बर ७का अध्यक्ष्य रामचन्द्र महतोले बताए । एक बर्षको बिचका ११ परिवारको ४५ वटाद गोरु र भैँसी हराएको भनेर वडा कार्यालयमा निवेदन आएको .अध्यक्ष महतोले बताए । भारतसँग सिमा जोडिएको यो गाउँपालिकामा आम नागरिकले बर्षौ देखि चोरीबाट सास्ती भोग्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्