ताप्लेजुङमा यस्तो : ३० बर्ष अघि गरेको बलात्कारको सजाए अहिले पाए कृष्णले

<span class='c1'>ताप्लेजुङमा यस्तो : ३० बर्ष अघि</span> <span class='c2'>गरेको बलात्कारको सजाए अहिले पाए कृष्णले</span>

ताप्लेजुङ मङ्सिर २४  ,

ताप्लेजुङमा बलात्कार मुद्दामा दोषि ठहर भएका एक व्यक्तिलाई ३० वर्षपछि कारागार चलान गरिएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४८ वर्षीय कृष्ण भनिने पूर्णबहादुर लिम्बुलाई मंसिर २२ गते पक्राउ गरेर अदालतले मंसिर २३ गते कैद भुक्तानका लागि कारागारमा पठाएको हो।

लिम्बु विरुद्ध वि.सं २०४५ सालमा बलात्कारको मुद्दा दर्ता भएको थियो। त्यसको २ वर्षपछि वि.सं २०४७ सालमा जिल्ला अदालतले २ वर्ष कैद र ३ हजार ६२ रुपैयाँ ५० पैसा जरिवानाको फैसला सुनाएको थियो।

‘यतिका वर्षसम्म गाउँमै बसेका रहेछन्,’ जिल्ला प्रहरीका कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले भने,‘फरार अभियुक्तहरुको खोजी गर्ने अभियान अन्तर्गत पक्राउ गर्न सफल भयौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्