विराटनगरमा सुस्त मनस्थिती भएकी युवतीमाथि छिमेकीद्वारा बलात्कार (भिडियाे रिपाेर्ट)

विराटनगरमा सुस्त मनस्थिती भएकी युवतीमाथि छिमेकीद्वारा बलात्कार (भिडियाे रिपाेर्ट)

प्रेम देवान/ओवी
विराटनगर, २४मंसिर ।
विराटनगरमा एक सुष्त मनस्थिती भएकी युवतीमाथि आफ्नै छिमेकीद्धारा बलात्कार भएको घटना सार्बजनिक भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगरमा भने एक युवतीमाथि आफ्नै छिमेकीले बलात्कार गरेको खुलासा भएको हो । घटना केही समय आगाडी भए पनि उक्त घटना सञ्चारमाध्ययमा सार्वजनिक हुन सकेको थिएन । युवतीमाथि बलात्कार गर्ने छिमेकी भने अहिले फरार छन् । प्रहरीले उनको खोजी कार्यलाई निरन्तरता दिईरहेको जनाएपछि पक्राउ गर्न भने सकेको छैन । बलात्कार आरोपित व्यक्तीको घर नेपाल र भारतको सिमा नाका भेडियारीमा पनि भएका कारण उनी अहिले भारत तिर रहेको हुन सक्ने प्रहरीको अनुमान गरेको छ ।
घटना यसरी भएको थियो 

[embed]https://youtu.be/fwovQVYdN0U[/embed]

घटना कात्तिक २ गते दशैंको टिकाको दिनको हो । विराटनगर १६ दरैयाबस्तीका ३५ बर्षिय राजकिशोर महतोले एक २२ बर्षिय युवतीलाई बलात्कार गरेको पिडितका आफन्तले बताएका छन् । अरुले भनेको कुरा बुझ्न सक्ने तर आफुले भने आवाज फर्काउन नसक्ने ती किशोरीलाई घर छेउ कै एक पुरुषले जबरजस्ती कटन मिलको पुरानो क्वाटरभित्रको कोठामा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।
दशैंको टिकाको दिन बिहान ११ बजेको समयमा घर छेउमा खाली चउरमा खेल्दै गरिकी ती युवतीलाई मिठाई र गुड्का किनेर ल्याउनु भनि पैसा दिएर पठाएको र पछि तिनै किशोरीलाई बलात्कार गरेको किशोरीकी आमाले बताईन् ।
जवरजस्ती गरेका ति महतो भने करिब डेड महिनादेखी फरार छन् । प्रहरीले पनि उनलाई नखोजेको भने हैन । प्रहरी हरेक दिन उनको घर वरिपरीको निगरामीमा हुने गरेको भएपनि अहिलेसम्म सो क्षेत्रमा उनलाई प्रहरीले फेला पार्न सकेको छैन । फरार व्यक्तिको नेपाल र भारतमा बसोबास गर्ने भएकाले यिनको नाम फरक – फरक रहेको स्थानीय बताउँछन् । नेपालमा उनलाई राजकिशोर भनेर चिनिन्छ भने भारतमा संजय राजघर भनेर चिनिदै आएको छ । युवतीको स्वास्थ्य प्ररिक्षण पनि गरिसकेको छ तर अहिलेसम्म मेडिकल रिर्पोट आएको छैन । बलात्कारको घटनाबारे अहिले ईलाका प्रहरी कार्यलय रानी विराटनगरले हेरिरहेको छ । घटना आफू आउनु पूर्व नै घटेका कारण घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाको बताए ।
फरार ब्यक्तिसँग दोहोरो नागरिकता भएको हुन सक्ने अनुमान प्रहरीको छ । तर भारत र नेपालको नागरिकता भएको प्रमाण भेटिए थप छुटै कारबाही हुन सक्ने प्रहरी निरिक्षक राना बताउँछन् ।
एउटा ब्यक्ति जसले शारिरिक रुपमा अशक्त किशोरीमाथि भएको घटनाको बारेमा प्रहरीले चासो देखाएको भएपनि स्थानीय यस बारेमा जानकार छैनन् । घटना लामो समय पछि सार्बजनिक नहुनु अनी पीडितको तर्फबाट भएको परिक्षण पनि सार्बजनिक नहुनुले अनुसन्धान प्रक्रियाको बारेमा गम्भीर प्रश्न उब्जिएको छ । घटना भएको लामो समय भईसक्दा पनि अभियुक्तलाई प्रहरीले पक्राउ गर्न नसक्नु दुःखत कुरा हो । प्रहरीले यस्ता प्रकृतिका घटनालाई गम्भिर रुपमा लिएर अभियुक्तलाई चाडो भन्दा चाडो कानुनी दायरामा ल्याउन सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्