ईटहरी अाउँदा रात्री वसमा बेहाेस पारेर लुटिएका युवा विराटनगर बसपार्कमा अचेत भेटिए

<span class='c1'>ईटहरी अाउँदा रात्री वसमा बेहाेस पारेर</span> <span class='c2'>लुटिएका युवा विराटनगर बसपार्कमा अचेत भेटिए</span>

विराटनगर, २४ मङ्सिर ।  वैदेशिक रोजगारबाट घर फर्किएर काठमाडौंबाट इटहरीका लागि रात्री बसमा यात्रा गरेका धनकुटाका एक युवालाई बेहोस पारेर लुटपाट गरेको खुलेको छ । दुबईबाट शनिबार नेपाल आइपुगेका धनकुटा साँघुरीगढी ३ का खगेन्द्र लिम्बू लुटपाटमा परेका छन् । शनिबार बिहान ८ बजे अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर साँझ ना ६ ख १५६१ नम्बरको कोशी पशुपती रात्री बसमा चढेका उनलाई बेहोस पारेर लुटपाट गरेको खुलेको हो ।

लिम्बूलाई बेहोस मात्रै पारिएन काठमाडौंबाट इटहरीका लागि बस चढेका उनलाई विराटनगर बसपार्कमा ल्याएर बेवारिसे अवस्थामा बसका कर्मचारीले छोडिदिए । आफन्तले सम्पर्क गर्दा सँगै यात्रा गरेका एक व्यक्तिले अवस्थाबारे बताएपछि भेट्न आएका आफन्तले आइतबार बिहान लिम्बूलाई अचेत अवस्थामा फेला पारेका थिए । अहिले उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।  गत वैशाखमा दुबई गएका उनी भतिजीको विवाहका लागि केही पैसासहित घर फर्किएका थिए । तर, विचैमा उनी लुटपाटमा परे । १ तोलाको औंठी, २६ हजार रुपैयाँ नेपाली रुपैयाँका साथै ५ सयभन्दा बढी दिराम लुटिएको उनको भनाइ छ । आफूले राती साढे ३ बजेसम्मको अवस्था थाहा पाएको भएपनि त्यसपछि आफूलाई हस्पिटलको बेडमा पाएको उनले बताए । प्रहरीले बसका सहचालक र १ जना कर्मचारीलाई पक्राउ गरेको छ । डाक्टरले उनलाई विष सेवन गराइएको बताएको आफन्तले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनामा बसका चालक तथा कर्मचारीको मिलेमतोमा लुटपाट भएको आशंका रहेको आफन्त बताउँछन् । विनु  तिम्सिना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्