महेन्द्र मोरङमा अनेरास्ववियुुको रक्तदान

<span class='c1'>महेन्द्र मोरङमा</span> <span class='c2'>अनेरास्ववियुुको रक्तदान</span>

विराटनगर, २४ मङ्सिर । सहिद फडिन्द्र, देवेन्द्र स्मृतिको अवसरमा आज विराटनगरको महेन्द्र मोरङमा भएको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको रक्तादनमा कार्यक्रममा बिद्यार्थीहरुले रक्तदान गरेका थिए । सोही अवसरमा करिब पाँचसय बिद्यार्थीले रक्त समुहको परिक्षण गरेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बिनोर ढकाल, गोपी अछामी, महेश रेग्मीले बिद्यार्थीहरुले जीवन बचाउने अभियानमा रगतको महत्वलाई बुझेको बताए ।
अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य भाष्कर खनालले युवाहरुले शुरुगरेको यस्तो अभियानमा सबैको साथ रहनु पर्नेमा जोड दिए । रक्तदानमा सहभागि हुन मोरङका बिभिन्न स्थानमा रहेका युवा तथा बिद्यार्थीहरुको सहभागीता रहेको अनेरास्वबियु महेन्द्र मोरङका ईकाई अध्यक्ष नविन पहाडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्