अन्तराष्ट्रिय मानव अधिकार दिवसमा विराटनगरका दुई अधिकारकर्मी सम्मानित

<span class='c1'>अन्तराष्ट्रिय मानव अधिकार दिवसमा</span> <span class='c2'>विराटनगरका दुई अधिकारकर्मी सम्मानित</span>

विराटनगर, २४ मंसिर । विराटनगरमा मानव अधिकारको क्षेत्रमा काम गर्ने २ जना मानवअधिकारकर्मी सम्मानित भएका छन् । ७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवशको अबसरमा राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार सञ्जाल, विराटनगर महानगरपालिका लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै मानवअधिकार रक्षक सञ्जाल पुर्वाञ्चलका पुर्व संयोजक तथा इन्सेक प्रदेश कार्यालय विराटनगरका संयोजक सोमराज थापा र वाल समाज नेपाल विराटनगर प्रमुख सिता पौड्याललाई सम्मान गरिएको हो ।
उनीहरुलाई एक नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जिवन घिमिरे, योजना आयोग एक नम्बर प्रदेश उपाध्यक्ष सुवोधराज प्याकुरेल, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, नेकपा केन्द्रीय सदस्य विनोद ढकाल लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।
सोही अवसरमा बोल्दै सामाजिक विकास मन्त्री घिमिरेले समय परिस्थिती अनुसार मानवअधिकारको अभियान परिवर्तन हुने भएपनि मानवअधिकार सँधै आबश्यक भएको बताए । उनले पहिले राजनीति विषय मानवअधिकारको मुद्धा भएपनि अहिले समयसंगै परिवर्तन हुदै गएकोले तत्कालीन सन्दर्भ अनुसारका मुद्धामा मानवअधिकार केन्द्रीत हुनुपर्ने बताए ।
यसैगरी योजना आयोग एक नम्बर प्रदेशका उपाध्यक्ष तथा इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेलले साँस्कृतिक जकडनका कारण महिला हिंसा जस्ता अपराध हुने गरेको भन्दै साँस्कृतिक जडकनबाट आफुलाई रुपान्तरण गर्नुपर्ने बताए ।
उनले देशको संविधान सर्वोच्च भएपनि जनताले साँस्कृतिक जकडन हटाउदै हामी नै राज्य हो भन्ने कुरा बुझ्न आबश्यक भएको बताए । यसैगरी विराटनगर महानरपालिकाका मेयर भिम पराजुलीले मानवअधिकार क्षेत्र भित्र पर्ने विषयलाई आत्मबोध गरेर स्थानीय सरकारले कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारी, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल लगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्