रामजानकी विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने

रामजानकी विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने

जनकपुर मङ्सिर २५ ।  रामजानकी विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने भएको छ । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको अवसरमा मटकोर विधि गरिने भएको हो । भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकका रुपमा छलफल गरेर हिजाे तिलाकोत्सव सम्पन्न गरिएको थियाे ।

तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिने गरिन्छ । यसैलाई तिल्कोत्सव भन्ने चलन छ । पाँचौँ दिन मंगलबार मटकोर र छैटौँ दिन राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । यसअघि, हिजो भारत उत्तर प्रदेशको अयोध्याबाट रथ लिएर साधुसन्त जन्तीको रूपमा धनुषा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्