कटहरीमा ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा सह-चालकको मृत्यु

कटहरीमा ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा सह-चालकको मृत्यु

बिराटनगर मङ्सिर २५ , १ नम्बर प्रदेश अन्तर्गत सोमबार मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका-४ नयाँ बजारमा सोमवार दिउँसो ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा उक्त ट्याक्टरका सह-चालकको मृत्यु भएको छ ।

भित्री सडक खण्ड अन्तर्गत दिउँसो साढे १२ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ त ३७६८ नम्बरको ट्रयाक्टरको ट्रली र ईन्जीन जोड्ने हिच भाँचिएको थियो ।

दुर्घटनामा परि ट्याक्टरको ट्रलीमा सवार रहेका ट्याक्टरका सह-चालक सोही गाउँपालिका बस्ने बर्ष २२ को महमद साकुला लडेर पछाडिको चक्काले किचेर घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते साकुलालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो सवा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ । मृतकको शव कानूनी प्रकृया पश्चात परिक्षणको लागि कोशी अंचल अस्पतालको शवगृहमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्