धनकुटामा आँफैले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु 

धनकुटामा आँफैले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु 

धनकुटा, मंसिर २५ ।

धनकुटाको पाख्रिवास नगरपालिका-८ चुहाडे खोलामा सोमवार साँझ भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ ।

साँझ ५ बजेको समयमा आँफैले बोकेको भरुवा बन्दुक पड्किएर सोही स्थान बस्ने जित बहादुर राईको छोरा बर्ष ३५ को भीम कुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ ।

बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको भन्ने जनाकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पाख्रिवासबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्