इनरुवा नगरपालिकाका इन्जिनियरमाथि कुटपिट गर्ने राजपाका नेता पक्राउ

इनरुवा नगरपालिकाका इन्जिनियरमाथि कुटपिट गर्ने राजपाका नेता पक्राउ

रत्नप्रसाद आचार्य

धरान, मङ्सिर २५,

सुनसरीको इनरुवा नगरपालिकाका निमित्त कार्यालय प्रमुख इन्जिनियर इन्द्रानन्द साहमाथि कुटपिट गर्ने राजपाका जिल्ला सदस्य राजिव मेहता पक्राउ परेका छन्। मंगलबार महेन्द्र राजमार्गको एकसय ५ फिट मापदण्ड भएको घरनक्साको विषयमा विवाद उत्पन्न हुँदा मेहताले साहमाथि कार्यकक्षमै कुटपिट गरेका थिए।

कुटपिट पश्चात शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाका कर्मचारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै धर्ना दिएपछि प्रहरीले राजपा नेता मेहतालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ।

एसपी राजन अधिकारीले इन्जिनियरमाथि कुटपिट गर्ने मेहतालाई पक्राउ गरी अनुसन्धान थालिएको बताए। उनले घटनाको अनुसन्धान पश्चात दोषी देखिए उनी विरुद्ध मुद्धा दर्ता गरी कारकाही गर्ने उनले बताए।

इन्जिनियर साहले भने एक सय ५ फिट मापदण्ड कटाएर मात्र घरनक्का सिफारिस दिन सकिने बताएपछि मेहताले आफूमाथि कुटपिट गरेको बताएका छन्। उनले आफूमाथि कुटपिट गर्ने कर्मचारीमाथि कडा कारबाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए।

घटनापश्चात नगरपालिकाका कर्मचारीले सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती र प्रहरी प्रमुख एसपी राजन अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै शान्ति सुरक्षाको पूर्ण प्रत्याभुतिको माग गरेका छन्।

नगरपालिकाका मेयर राजन मेहताले आफ्ना कर्मचारीमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। उनले आक्रोसित कर्मचारीले केहीबेर कार्यालयको काम बहिष्कार गरेको भएपनि मेहतालाई पक्राउ गरी कारबाही गर्ने आश्वासन पाएपछि कर्मचारी काममा फर्किएर कार्यालयको काम सूचारु भएको जानकारी दिए। (अन्नपुर्ण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्