दमकमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिदा बाबुछोराको मृत्यु

दमकमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिदा बाबुछोराको मृत्यु

बिराटनगर मङ्सिर २५ । दमक चोकमा आज दिउँसो भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

मोरङका पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु नातामा बाबुछोरा हुन् ।

को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा रहेका बाबुछोरालाई भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएको थियो । घटनामा गम्भिर रुपमा घाइते भएका उनीहरुलाइ तत्काल उपचारका लागि प्रहरीले अस्पताल पुर्याएपनि जीवन बच्न सकेन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्