बिराटनगरमा मापसे गरेर स्कुल बस चलाएको अर्को घटना, चालक समातिए

बिराटनगरमा मापसे गरेर स्कुल बस चलाएको अर्को घटना, चालक समातिए

विराटनगर मङ्सिर २५ ,

बिराटनगरमा केहि दिन अघि मात्रै मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाएको अभियोगमा चालक पक्राउ परेको खबर सेलाउन नपाउदै अर्को घटना सार्वजनिक भएको छ ।

विराटनगरबाट प्रहरीले आज स्कुल बस सहित चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगरको नमुना विद्या मन्दिर स्कुलका विद्यार्थी बोकेको को १ क ११६३ नम्बरको बसका चालकले मापसे गरेको पाइएपछि विराटनगर ४ घर भएका चालक ३५ वर्षीय अबुर राजवंशीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चेकजाँचमा खटिएको प्रहरी टोलीले बस र चालकलाई विराटनगरको तीनपैनी चौकबाट पक्राउ गरेको हो । चालक राजवंशी विरुद्ध ‘अभद्र व्यवहार’ को मुद्धा चलाउन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्