इटहरीमा यौनधन्दा मौलायो : भारतीयसहित १४ जना समातिए

इटहरीमा यौनधन्दा मौलायो : भारतीयसहित १४ जना समातिए

इटहरी मङ्सिर २५ , 

इटहरीमा यौन धन्दा बढेको आशंकामा प्रहरीले इटहरीमा कडाई गरेको छ । एक होटलबाट भारतीयसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा यौन धन्दा भईरहेको सूचना पाए पछि प्रहरीले छापा मारेर १४ जनालाई पक्राउ गरेको हो ।

एउटै महिलालाई पालै पालो धेरै जनाले यौनसम्पर्क गर्ने गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पैसाको प्रलोभनमा एक रातको ४ हजार भारतीय रुपैयासम्म दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

यौनधन्दामा संलग्न भारत पट्ना ४ बस्ने बर्ष २८ को रविकान्त निराला, कटियारका प्रभाकर कुमार साह,सुमनकुमार मण्डल, सुपौल कटैया दिपेशकुमार मेहता, कटियार ललनकुमार मण्डल ,कुन्दन कुमार ठाकुर, बिजय केवड ,निरजकुमार मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तै सप्तरी कन्चनरुपका योगेन्द्र मालाकार, इटहरी २ का रविन साहलाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटल रविन साहले संचालन गदैं आएका थिए ।
त्यसैगरी युवतीको व्यवस्था गर्ने समूहमध्येकी मोरङको केराबारी– १० की तीर्थमाया भुजेल र साथी बनी बोलाउने धरान– ८ की २२ वर्षीया सीमा मगरलाई समेत पक्राउ गरि मुद्धा दायर गरेको छ । उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको स्कारपियो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्