विराटनगरमा आयोजना हुन लागेका ‘क्यान ईन्फोटेक मेला २०१९’ मा स्पोन्सर बुकिङ्ग धमाधम

विराटनगरमा आयोजना हुन लागेका ‘क्यान ईन्फोटेक मेला २०१९’ मा स्पोन्सर बुकिङ्ग धमाधम

प्रेम देवान
विराटनगर २५ मंसिर । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित विराटनगरमा आयोजना हुन लागेको क्यान इन्फोटेक मेलामा स्पोन्सर बुकिङ्ग जारी रहेको छ ।
कम्युटर एसोसिएसन महासंघका (क्यान) मोरङ शाखाले आगामी पुस १९ गतेदेखि २३ गते सम्म आयोजना गर्न लागेको ईन्फोटेक मेलामा स्पोन्सर बुकिङ्ग धमाधम भईरहेको क्यान मोरङले जनाएको छ ।
प्रदेश स्तरीय क्यान इन्फोटेक २०१९ मा अहिले सम्म २० देखि ३० प्रतिशत सम्म बुकिङ्ग भईसकेको प्रचारप्रसार विभागका संयोजक जयन्त बोथराले जानकारी दिनुभयो ।
विराटनगरको जैन भवनमा हुन लागेको इन्फोटेक मेलामा आइसिटी कन्फरेन्स, सोसल मुभमेन्टलगायतका कार्यक्रमहरुमार्फत आइसिटी क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको जानकारी, प्रशिक्षण पनि संचालन हुने बोथराले बताउनुभयो ।
इन्फोटकमा १ सय २० वटा विभिन्न स्टल रहने र ४ लाख मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । ८० लाख खर्च हुने अनुमान गरिएको इन्फोटेकमा ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको क्यान मोरङले जनाएको छ । ५ दिन सम्म आयोजना हुन लागेको क्यान मेलामा लिभिङ विथ आइसिटीको सहयोगमा रहने जनाईएको छ । यसका लागी आयोजक टिम मेलाई भव्य र सव्य बनाउन दिनरात लागी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्