‘द भ्वाईस अफ नेपाल’ का फाइनलिस्ट विराटनगरका सृजयको झोलाको रहस्य अनि बाल्यकाल…

‘द भ्वाईस अफ नेपाल’ का फाइनलिस्ट विराटनगरका सृजयको झोलाको रहस्य अनि बाल्यकाल…

प्रेम देवान
विराटनगर, २५ मङ्सिर । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को फाईनलमा विराटनगर सृजय थपलिया प्रवेश गरिसकेका छन् ।
विराटनगरका सृजयसँगै फाईनलमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी, टिम अभया सुब्बाबाट कुशल आचार्य रहेका छन् भने टिम प्रमोद खरेलबाट सृजय छन् ।
विराटनगर ८ हाटखोला निवासी २६ बर्षिया थपलियाको जित्ने सम्भावना बलियो देखिएको छ । उनलाई अहिलेका पुस्ताले अत्याधिक रुचाएका छन् । उनी रक प्यार्टनका भएका कारण पनि उनले युवा पुस्ताको मन तानेका हुन् । युवा पुस्तालाई मात्र नभई सबै वर्गका पुस्तालाई राष्ट्रिय, लोकपप सबै गीतलाई उनले सहजै रक प्यार्टन गाउन सक्ने क्षमता छ । सृजयलाई बिजेताको एक प्रवल दाबेदारको रुपमा लिईएको छ । उनका कोच प्रमोदले पनि उनलाई उसैगरी उक्साएका छन् ।
सृजयेले ब्लाइण्ड अडिसनमा कोच अभायाको मन जित्न सफल भएका थिए । उनले अल्बाट्रसको ‘तिमी अनी मेरो’ बोलको गीत गाएका थिए । तर ब्याटल राउन्डमा उनी टिम अभयाकै अर्की प्रतिस्पर्धी अस्रा कुँवरसँग पराजित भए । त्यसपछि उनलाई भ्वाइस अफ नेपालको फरम्याट अनुसार कोच प्रमोदले स्टिल गरेर आफ्नो टिममा ल्याए । त्यसयता एक पछि अर्को उत्कृष्ट प्रस्तुती दिदै सृजय ‘द भ्वाइस अफ नेपाल’ को फाईनलमा पुगेका हुन् ।

सृजयको बाल्यकाल
बि.सं.२०४९ असोज २ गते विराटनगरको कोशी अञ्चल अस्पतालमा बुवा संजय थपलिया र माता विजया थपलियाको कोखबाट सृजयको जन्मभयो । जन्मेको ४ बर्षको उमेर हुदाँसम्म बोली नफुटेका सृजय परिवारका एक मात्र सदस्य हुन् । सानो छदाँ बोली नआएपनि कहि–कतै म्यूजिकको आवाज सुन्ने वित्तिकै नाचिहाल्ने स्वभावको थियो उनीमा । घरछेउ–छाउ विवाह पार्टीको गीतसंगीत सुन्ने वित्तिकै नाचिहाल्ने सृजय ५ बर्षको पुगेपछि मात्र बोल्न थालेको उनका परिवार बताउँछन् ।
विराटनगरको सेन्टजोसेफ स्कुलबाट आफ्नो पढाई सुरु गरेका सृजयले कक्षा ४ सम्म त्यही बिद्यालयमा पढे । त्यसपछि उनी भारतको कालेपुङ्गमा पढ्न गए । कालेपुङ्गमा कक्षा ८ सम्म पढे । त्यसपछि पुनः उनी नेपाल फर्किए । नेपाल फर्किएपछि कक्षा ९ देखी १० सम्म विराटनगरको युरो किड्स स्कुलमा अध्ययन गरे ।
उनले प्लस टु भने विराटनगरको अर्किड कलेजबाट गरे भने डिप्लोमा जेनिथ कलेजबाट गरेका हुन् । उनले अहिले पढाईलाई थाँती राखेर संगितीक यात्रामा निस्किए अनी आफ्नो ईच्छा अनुसार तय गरे द भ्वाइस अफ नेपालको फाईनल यात्रा ।
पहिलो साधान ड्रमसेट
स्कुल पढ्दादेखि नै संगीतको नशा लागेका सृजयले पहिलो पटक ड्रम बजाउन सिकेका हुन् । केही समय ड्रम बजाउन सिकेपछि विस्तारै गीत गाँउन पनि थाले । उनका बुबा भलिवल खेलाडी र उद्योगी भए पनि छोरालाई भने त्यही लाईनमा लाग्नुपर्छ भन्ने परिवारको दवाव दिएनन् । आफ्ना छोराले जे सिक्न चाहान्छ त्यही नै सिकोस् भन्ने खालका परिवारबाट हुर्केका सृजय अहिले आफ्नै साँगीतिक यात्रामा छन् । आफ्ना कोठामा कहिल्यै गितार नछुटाउने सृजय ३ देखि ४ वटासम्म गितार राख्ने गर्दछन् ।
विराटनगरदेखि सिलगुडीसम्मको साईकिलिङ्ग यात्रा
साईकलमा यात्रा गर्ने मानिसको आ– आफ्नै सोख हुन्छ । त्यही मध्ये सृजय पनि एक पात्र हुन जसलाई साईकलकोे यात्रा गर्ने अत्याधिक मनपर्छ । उनीसँग अहिले पनि रेन्जर साईकल छ । साईक्लिङका लागि उनी समुह नै बनाएर विराटनगरदेखि सिलगुडीसम्मको यात्रा गरिसकेका छन् । विराटनगरदेखि कहिले भेडेटार त कहिले कोशी टप्पु पुग्ने गरेका हुन् ।
ट्याटु र कपाल पाल्ने स्वाभव
उनको पाखुरामा ट्याटु खोपिएको छ । प्लस टु पछि ट्याटु खोपेका सृजयलाई ट्याटु हानेको मनपर्छ । संगीत क्षेत्रमा भएका कारण रकिङ्ग देखिनको लागि भएपनि उनले अहिले हातको पाखुरामा ट्याटु खोपेका छन् । उनलाई कपाल पनि पाल्न मन पर्छ ।
सृजयको त्यो कालो व्यागमा के छ ?
भ्वाईस अफ नेपालको ब्लाइण्ड अडिसनदेखि नै कालो झोला बोकेर स्टेज मै आएने आउने ब्यक्ति हुन् सृजय थपलिया । आखिर उनको कालो ब्यागमा के छ त त्यो सबै उनलाई मायाँ गर्ने मात्र हैन उनलाई नजिकबाट नियाल्नेहरुको पनि चासोको बिषय बनेको छ । उनले बोक्लने त्यो ब्याग अझै फालेका छैनन् उनी स्टेजमै झोला बोकेर गीत गाउन रुचाउँछन् । ब्लाईण्ड अडिसनमा पनि सवै जर्जहरुले खोल्न आग्रह गरे पनि उनले झोला खोल्न चाहेनन् । उनको एउटै उत्तर हुन्छ, फाईनलमा आफुले जिते झोला भित्र भएको कुरा सार्वजनिक गर्ने । यो कुरामा सृजयका आमाबुबालाई समेत गोप्य राखेका छन् ।
सृजय भ्वाई अफ नेपालमा जानु भन्दा पहिले पनि विराटनगमा बस्दा कालो झोला बोकेर नै हिड्ने गरेको उनका साथीभाईहरु बताउछन् । तर झोलाभित्र के छ त्यो गोप्य छ । भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आउदो शुक्रबार कतारमा हुँदैछ । दोहा स्थित एसियन टाउन ग्राण्डमल सनैयामा फिनाले हुनेछ । उनी सो फिनालेमा पनि आफ्नो झोला बोकेर नै स्टेज तताउन पुग्नेछन् ।
सृजयलाई कसरी भोटिड़ गर्ने ः
नेपालदेखी भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई सृजयको भोटिङ कोड २५ टाइप गरि ३७००० मा पठाउन सकिने छ । त्यस्तै नेपाल टेलिकमको ल्याण्डलाईन वा सिम प्रयोगकर्ताले १६६६७७२५ डाइल गरि भोट गर्न सक्नेछन् । त्यसैगरी भारतबाट भोटदगर्नको लागि म्यासेज बक्समा गएर भोटिङ कोर्ड २५ टाईप गरी ५३०१० मा पठाएर भोट गर्न सकिने छ । बिदेशमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले एन्ड्रोईड मोबाइलको प्ले स्टोर वा एपल मोबाइलको एप स्टोरमा गएर भ्वाइस अफ नेपालको एप डाउनलोड गरि टिम प्रमोद भित्र सृजय खोजेर भोट गर्न सकिने छ ।
विजेतालाई यस्तो पुरस्कार
विजेताले २५ लाख रुपैँया एउटा कार र २० लाख बराबरको एल्वम कन्टय्राक्ट एवं विश्व भ्रमणको मौका पाउने छन् । द भ्वाईस अफ नेपालको निर्णायकमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा छन्। विश्वका १९१ राष्ट्रमा सफल प्रसारण भइरहेको सिङ्गिङ रियालिटी सो द भ्वाइसलाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन ।
श्रिजेका बुबाआमासँग गरिएको कुराकानीको आधारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्