दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनु पर्ने

दुई नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनु पर्ने

विराटनगर, २५ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताएका छन् । राजपाले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेशमा अगाडि पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताए । ऐतिहासिक, सांस्कृतिक हिसावले प्रदेशको राजधानी भने जनकपुर नै हुनुपर्ने प्रदेशबासीको इच्छा रहेको आफूले बुझेको उनको भनाइ थियो । यद्यपी प्रदेशको नाम र राजधानीको विषय विधान सभाले टुंग्याउने र उसैको अधिकारको विषय रहेको पनि महतोले बताए । वर्तमान संघीय सरकार प्रत्येक कुरामा असफल हुँदै गएको भन्दै सरकारको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छिट्टै टुंगो लगाउने उनको भनाई छ ।
संयोजक महतोले आफूले समर्थन गरेको सरकारले संविधान संशोधनमा चासो नदिएको कारण अहिले सरकारमा जाने कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे । उनले संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरणको कुरा चले पनि वर्तमान अवस्थामा विचार र दृष्टिकोण अलग रहेको उल्लेख गरे । अर्को सन्दर्भमा राजपा संयोजक यादवले पार्टी भित्र कुनै पनि गुटबन्दी र असन्तुष्टि नभएको भन्दै आगामी महाधिवेशनबाट आफ्नो पार्टी पहिचान पक्षधरको राष्ट्रिय पार्टी बन्ने दाबी उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्