नेकपा मोरङको सचिबमा भट्टराईको दाबी

<span class='c1'>नेकपा मोरङको सचिबमा</span> <span class='c2'>भट्टराईको दाबी</span>

विराटनगर, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको सचिबमा दिपक भट्टराईले दाबी गरेका छन् । तत्कालिन एमाले र माओवादीबीचको एकतासँगै मोरङमा एमालेले अध्यक्ष र माओवादीले सचिब पदसहित ६०÷ ४० को भागवण्डा कार्यदलले टुंगो लगाएको थियो । सोही भागबण्डा अनुसार भट्टराइले सचिब पदको लागि दाबी गरेका हुन् ।
यस अघि गणेश उप्रेती सुशिललाई सचिबको जिम्मेवारी सुम्पिने पार्टीले तयारी गरेको थियो । जिल्लाको सचिब पदमा अगाडी सारिएको उप्रेती नेकपाको १ नम्बर प्रदेश सदस्यमा परेपछि भट्टराईले दावी गरेका हुन् ।
पार्टीको जिल्ला सह–संयोजक समेत भएका भट्टराई भने प्रदेशको सदस्यमा परेका छैनन् । उनीसँगै सह–संयोजकमा रहेका भोगेन्द्र यादव र सुशिल भने प्रदेश सदस्यमा परेका छन् ।
‘आफूसँगै नेतृत्वमा रहेका प्रदेशको सदस्यमा परे,’ जिल्ला सचिबको दाबी गर्दै भट्टराईले भने, ‘जिम्मेवार र नेतृत्व बहन गर्न मैले जिल्ला सचिबको दाबी गरेको हो । केन्द्रले समेत जिम्मेवारी दिनेमा आफू सकारात्मक छु ।’ उनले भने, ‘प्रदेश सदस्य भइसकेका व्यक्ति जिल्ला सचिब भइरन आवश्यन छैन् । दोहोरो जिम्मेवारी समेत दिने कुरा भएन नि ? ।’ सिनियरको हिसावले समेत मैले सचिबमा दाबी गरेको हुँ,’ उनले भने । प्रदेशमा पनि सदस्य नबनाउने र जिल्लामा पनि नेतृत्वयदय भूमिका नपाउँदा न्यायसङत नहुने उनको भनाई छ ।
नेकपा जिल्ला अध्यक्ष पदका लागि भने तत्कालिन एमालेतर्फबाट ऋषिकेष पोखरेल दाबी छ । पोखरेल अध्यक्ष हुने निश्चत छ । यस अघि पोखरेल तत्कालिन एमालेको जिल्ला सचिब तथा पूर्व सांसद पनि हुन् ।
जिल्लामा १ सय ८५ जनाको कार्यसमितिका लागि कार्यदलले एमालेतर्फबाट १ सय १० र माओवादीबाट ७५ जनालाई समेट्ने बताइएको छ । त्यसको लागि जिल्लाबाट नामसमेत कार्यदललाई पठाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्