विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा, ३० करोड बढीको कारोवार हुने

<span class='c1'>विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा,</span> <span class='c2'>३० करोड बढीको कारोवार हुने</span>

विराटनगर, २६ मंसिर ।
विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी दिए । एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकले स्टल राख्ने उनले जानकारी दिए । १ करोड ७ लाखको लागतमा आयोजना हुने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने संघले जनाएको छ ।
एक्स्पोमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक कक्ष, बालउद्यान तथा मनोरञ्चजन र खाना कक्ष रहने छन् । प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैक तथा वित्तीय संस्था, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि, जडीबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री हस्तकला, तयारी पोषाक, जुत्ताचप्पल स्टल रहने रिजालले बताए ।
एक्स्पोमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, फेशन शो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्