धनकुटामा आफैंले बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु

धनकुटामा आफैंले बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु

विराटनगर, २६ मङ्सिर। धनकुटामा आफैंले बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका–८ का ३५ वर्षीय भीमकुमार राईको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो। उनी आफैंले बोकेको बन्दुक सोमबार साँझ चुहाडे खोला नजिकै पड्किएको थियो।

राई मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्