सिन्धुलीको जुनार यात्रुको मुख्य ‘कोसेली’ बन्दै

सिन्धुलीको जुनार यात्रुको मुख्य ‘कोसेली’ बन्दै

सिन्धुली मङ्सिर २६।

यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याई छ । यस क्षेत्रका गाँउ बस्तीका बारी र बगैचा अहिले जुनार पाकेर पहेलपुर देखिएको छ । किसानका अधिकांश बगैचामा अहिले जुनार लटरम्मसम्म देखिन्छन् ।

अघिल्लो वर्षमा जिल्लामा ८ हजार ६१३ मेट्रिक टन जुनार उत्पादन भएकोमा अनुकुल हावापानीका कारण यो वर्ष अझ बढने अनुमान गरिएको छ । जिल्लाको रतनचुरा, तिनकन्या, जलकन्या, डुडभन्जायाङग, वितिजोर, वाशेश्वर, तोस्रो मखोला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले जुनार सुपरजोन अन्र्तगत पकेट क्षेत्रका रुपमा अघि बढाइएको छ ।

सिन्धुली जिल्लाको महाभारत क्षेत्रको ठुलो भुभागमा जुनारका अतिरिक्त सुन्तला, जुनार कागती उर्वर भुमी मानिन्छ । जिल्लामा वार्षिक १ लाख भन्दा बढी जुनार सुन्तला विक्री गर्ने किसानको सङख्या दुई हजार बढी छ । एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार ५०० दानासम्म जुनार उत्पादन हुने गर्दछ ।

जिल्लामा एउटै बोटमा ५०० देखि हजार दानासम्म रेकड छ । कलमी लगाएर तयार पारिएको बोटको तुलनामा विज्जुबोटबाट जुनार उत्पादन बढी हुने भएपनि गुणस्तरमा हिसाबले भन्ने विज्जुभन्दा कलमी बोटबाट उत्पादन भएको फललाई राम्रो मानिन्छ । जुनार बेचेर वार्षिक रु १० लाख बढी आम्दानी गर्ने किसानको सङख्या १५ भन्दा बढी रहेको छ ।

पछिल्लो समय देशकै प्राथमिकताको फलफुल बालीको सूचिमा जुनार परेको छ । सिन्धुलीलाई अहिले जुनारको पहिचान थपिएको छ । जिल्लामा ३६ वटा जुनार सहकारी सञ्चानमा रहेकोमा २ वटाले उत्पादित जुनार प्रशोधन गरेर जुनारको जुस स्क्वास जाम क्यान्डि जेली जस्ता वस्तु उत्पादन गदै आएको जुनार उत्पादन जुनार संघ सिन्धुलीका पूर्व उपाअध्यक्ष कृष्ण प्रसाद गौतमले जानकारी दिए ।

पातलो ब्रोका र सुनौलो रङको जुनारलाई गुणस्तरीय मानिन्छ । जिल्ला सदरमुकाम स्थित बसर्पाक क्ष्ँोत्र र यँहास्थित अधिकांश पसल जुनारले पहेलपुर देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले जिल्लामा १ हजार ३२५ हेक्टर क्षेत्रमा व्यावसायीक रुपमा जुनार खेती हुदै आएको जानकारी दिए ।

कात्तिक २५ बाट टिप्न सुुरु गरिए पनि मंसिरको पहिलो सातादेखि मध्य पुससम्मको अवधि जुनारको उत्पादन टिप्न्ो हिसाबले उपयुक्त समय मानिन्छ । तिनकन्याका कृषक लोक बहादुर आलेले आफ्नो बगैचामा ५०० हाराहारीमा रहेको जुनार र सुन्तलाको बोटबाट वार्षिक ९ लाख मुल्य बराबरको फल उत्पादन हुने गरेको जानकारी दिए । सात सयदेखि एक हजार २०० मीटर उचाइसम्मको हावापानीमा जुनार खेती फस्टाउने विज्ञ बताउँछन । सिन्धुलीका अतिरिक्त उदयपुर, ओखलढुङगा भोजपुर धनकुटा र रामेछापमा व्यावसायीक रुपमा जुनार खेती विस्तार हुदै गएको छ ।

सिन्धुली जिल्लामा अहिले वार्षिकरुपमा २० करोड मुल्य २० करोड मुल्य बराबरको जुनार उत्पादन हुने गरेको छ । उत्पादित मध्ये धेरै ताजा जुसको रुपमा प्रयोग हुदै आएको छ । भने कम गुणस्तरमा केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको बताइन्छ । दुई हजार एक सय घरधुरी व्यावसायिक र संगठित रुपमा जुनार खेती संलग्न रहेको आकडा रहेपनि थप करिब एक हजारको सङख्यामा कृषकले यस खेती गरेको बताइएको छ ।

सिन्धुलीमा ९ वटै स्थानीय तहमा आंशिक रुपमा जुनार खेती हुदै आएको छ । पछिल्लो समय विभिन्न संकमणले फल कुहिने समस्याले किसानमा जुनार नै मासिने होकि भन्ने त्रास फैलिएको छ । संक्रमणबाट उत्पादित फल झण्डै ५० प्रतिशत खेर जान थालेपछि किसान चिन्तित भएका हुन् । विगत दुई तिन वर्षयता फल कुहिने समस्या देखिएको छ ।

यसको व्यवस्थापनका लागि उपलब्ध प्रविधिको प्रयोगसँगै जुनार कृषक केन्द्रित सचेतना कार्यक्तम निकै फलदायी देखिन्छ । काठमाडौं धुलिखेल सिन्धुली बर्दिबास भएर गुडने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार बन्दै गएको छ । खनियाखर्कमा केही विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यँहाको जुनारले छिमेकी जिल्ला लगायत काठमाडौं र भारतका विभिन्न शहरसम्म निकै लोकप्रिय छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्