इलाममा पाथिभरा दर्शन गर्नेको भिड, देश विदेशबाट भक्तजन आउदै

इलाममा पाथिभरा दर्शन गर्नेको भिड, देश विदेशबाट भक्तजन आउदै

इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट धेरै भक्तजनहरु आउने गर्दछन् । अहिले इलाम जिल्लाको इलाम नगरपालिका–४ बरबोटेमा माइली पाथिभराको उत्पती र दर्शन गर्न भक्तजनहरुको भिडलाग्ने गरेको छ ।

 

बरबोटेमा रहेको एक डाँडाछेउको खोल्सीमा विभिन्न सीला स्थापना गरेर स्थानीयहरुले धार्मिक आस्थाकासाथ पुजाआजा शुरु गरेका छन् । केही समय पहिले एक जना झमक घिमिरेले यस स्थाननमा पाथिभरा माताको शिला छ र यहाँ नागको वासस्थान भएको भन्दै पुजाआज शुरु गरेपछि स्थानीय तथा देश विदेशबाट आएर पुजाआज गर्न शुरु गरिएको यो स्थानमा अहिले दैनिक हजारौँ धार्मिक पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

स्थानीयहरु अहिले यो स्थानलाई धार्मिक पर्यटकीयस्थल बनाउनको लागि समिति नै बनाएर लागेका छन् । यस स्थानामा विभिन्न धर्मालम्वीहरुको आस्था भएकाले पुजारी, पण्डित, लामाहरु तथा किराँत धर्म गुरुहरु समेतले पुजाआजा गर्ने गरेको स्थानीय सूर्य प्रसाद रिजाल बताउँछन् ।

स्थानीयहरुको आस्थाको केन्द्र बनेको पाथिभरामा अहिले देश विदेश देखिका मानिसहरु आएर पूजा गर्ने गरेका छन् । इलाम सदरमुकामबाट नजिकै रहकेको यस धार्मिक पर्यटकिय स्थलमा स्थानीय निकायले व्यवस्थीत गरेर अघिबढे एउटा राम्रो धार्मिक पर्यटकिय स्थानको रुपमा विकसित हुने छ ।

यस धार्मिक स्थलमा आएर पुजाआजा गर्दा कुल विग्रिएको लगायत अन्य समस्यहरु सामाधान हुने स्थानीय खेम आर्चाय बताउछन् । उनका अनुृसार यो एउटा धार्मिक स्थलमात्र नभएर पर्यटकय स्थलको रुपमा पनि विकास गर्न समिति लागि परेको छ । उनी भन्छन् यहाँका स्थानीयहरुले प्रत्यक्ष नागको दर्शन गरेकाले पनि विस्वाश गरेर पुजाआजा गरिरहेका छन् ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्