बिराटनगरमा सडक अनुगमन गर्न निस्किए मेयर पराजुली

बिराटनगरमा सडक अनुगमन गर्न निस्किए मेयर पराजुली

बिराटनगर मंसिर २६ । बिराटनगरमा अहिले धेरै स्थानमा विकास निर्माणका काम भइरहेका छन् । कति ठाउमा योजना अनुसारको काम नभएको तथा काम गुणस्तरीय नभएको जनगुनासो आइरहेको बेला बिराटनगर महानगरपालिकाले अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ ।

बिराटनगरका मेयर भिम पराजुलीसहित नगरका बिभिन्न स्थानमा बनेका कालोपत्रे सडकको अनुगमन गर्ने अहिले महानगरपालिका लागि परेको छ ।

मंगलबार एसियाली विकास बैंकको सहयोगमा चलिरहेको मझौला शहरको एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रिय शहरी विकास परियोजना अन्तर्गत बनेका सडक, ढल र नालाको बिराटनगर महानगरका मेयर भिम पराजुलीले अनुगमन गरेका छन् ।

 

बिराटनगर स्थित रोडशेष हुँदै ट्राफिकचोक सम्म बन्दै गरेको झण्डै १ किलोमिटर र धरमबाध रोडमा बनेका ३ किलोमिटर कालोपत्रे सडकहरुको अनुगमन गरेका थिए । बिराटनगरमा चलिरहेको विकास निर्माणको काम गुणस्तरीय भइरहेको मेयर पराजुलीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्