विराटनगरको भानु कलेजमा वातावरणीय न्याय सम्बन्धी एक दिने अभिमुखीकरण

विराटनगरको भानु कलेजमा वातावरणीय न्याय सम्बन्धी एक दिने अभिमुखीकरण

विराटनगर २६ मंसिर । विराटनगर ९ मा रहेको भानु कलेजमा अध्ययनरत विद्यार्थीलाई वातावरणीय न्याय सम्बन्धीत एक दिने सचेतनामुलक अभिमुखीकरण दिईएको छ ।
कार्यक्रममा नेपाल बार एशोसिएसन वातावरण कानुन समितीका सम्योजक अधिवक्ता पदमबहादुर श्रेष्ठले अहिले भइरहेको प्रदुषण र यसले मानीसको स्वस्थ्य तथा वातावरणमा परेको प्रतिकुल असर तथा यसलाई कसरी निराकरण गर्नको निम्ती विभिन्न किसिमको कानुन सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कलेजका प्रिन्सिपल देवेश प्रधानले यस्ताखाले कार्यक्रमले विद्यार्थीहरुले अहिले विराटनगरमा भएको वातावरणको बारैमा तथा यसलाई कसरी निराकरण गर्न सकिन्छ जस्ता कुराको ज्ञान आर्जन गरेको बताउनुभयो । कार्यक्रमा कलेजका सञ्चालकद्वय प्रा.डा. दामोदर थापा र मोहन श्रेष्ठ उपस्थीत रहेका थिए । कार्यक्रममा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत ६५ जना छात्र छात्राहरुको सहभागी रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्