मुलुककै उत्कृष्ट करदाता बनेको नोबेलका सञ्चालक डा.शर्मालाई सम्मान

मुलुककै उत्कृष्ट करदाता बनेको नोबेलका सञ्चालक डा.शर्मालाई सम्मान

विराटनगर २६ मंसिर । स्वास्थ्य र शिक्षा क्षेत्रमा मुलुककै सबैभन्दा बढी कर तिर्न सफल नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मालाई मोरङको पथरीशनिश्चरेमा सम्मान गरिएको छ । पथरीशनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट डा.शर्मालाई सम्मान गरिएको हो ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा देशकै सबैभन्दा बढी कर तिरेवापत नोबेललाई केहि दिन अघि आन्तरिक राजश्व विभागले राजधानीमा सम्मान गरेको थियो । अत्यन्तै न्यून आर्थिक अवस्थाको परिवारमा जन्मिएका डा.शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले मुलुककै सबैभन्दा बढी कर तिरेर उदाहरणीय काम गरेकाले डा.शर्मालाई सम्मान गरिएको पथरी बहुमुखी क्याम्पसका स्ववियू सचिव रोशन पराजुलीले बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा.शर्मालाई क्याम्पस प्रमुख चेतन पौडेल र स्वावियू सभापति गोपाल साँवाले सम्मानित गरेका हुन् ।
आर्थिक अभावका कारण पढाई खर्च जुटाउँन हाँस बेच्ने, क्यारेम्बोड खेलाउँने र रिक्सा कुदाउँनेसम्म काम गरेका डा.शर्मा निरन्तर संघर्ष र मेहनत गरेर अहिले अरबपति बनेका छन् । उनले सञ्चालन गरेको नोबेल अस्पताल मुलुककै उत्कृष्ट करदाता बन्नुका साथै स्वास्थ्य र शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट स्वास्थ्य सस्थाको रुपमा स्थापित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्