स्वर्गिय जन नेता मदन भण्डारीको जिवनीमा आधारित ‘बरबरिक’ भोलीदेखि झोराहाट नाटक घरमा

स्वर्गिय जन नेता मदन भण्डारीको जिवनीमा आधारित ‘बरबरिक’ भोलीदेखि झोराहाट नाटक घरमा

प्रेम देवान

विराटनगर २६ मंसिर । स्वर्गिय जन नेता मदन भण्डारी को जिवनीमा आधारित नाटक बरबरिक नामक नाटक मंचन हुने भएको छ ।
झोराहाट नाट्य समुहले भोलीदेखि झोराहाट थ्रियटरमा मंचन गर्ने जनाएको छ । मंसिर २७ गतेदेखि आगामी पुष २ गते सम्म नाटक मञ्चन गरिने झोराहाट नाट्ण् समुहका भरत गुरागाईले जानकारी दिनुभयो । नाटक विहान ११ बजे र बेलुकी ४ बजे मंचन गरिने भएको छ ।
उपन्यासकार प्रदीप नेपालको कृतिलाई सहज रूपमा कवि तथा रङ्गकर्मी भरत गुरागाईले नाटकलाई रुपान्तरण गर्नुभएको छ । बरबरिक नाटकलाई युवा तथा कुशल निर्देशक जीवन बरालले निर्देशन गर्नुभएको छ । बरबरिक नाटकमा भरत गुरागाई र प्रयाग नेउपाने, दिपा पोखरेल, सुदिप जङ कार्की, डि. वि बस्नेत निरज व्ल्याक लगायतका अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्