उदयपुरमा आगलागी ३ घर जलेर नष्ट

उदयपुरमा आगलागी ३ घर जलेर नष्ट

बिराटनगर,  २६ मंसिर।

उदयपुरको कटारी नगरपालिका-८ घुम्ती शिरिसेमा बुधबार बिहान ३ वटा घरमा आगलागी हुँदा अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान सोही स्थान बस्ने कृष्णलाल श्रेष्ठको फूसको छाना भएको १ तले घर, नगद १५ हजार, किराना सामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सहित अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी दिल बहादुर श्रेष्ठको फूसको छाना भएको १ तले घर र काठपात सहित अन्दाजी १ लाख मूल्य बराबरको क्षति भएको छ । साथै मकर बहादुर श्रेष्ठको फूसको छाना भएको १ तले घर, नगद ३ हजार, लत्ताकपडा, भाँडावर्तन र अन्नपात सहित अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागी भएको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई दमकल र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्