विराटनगरमा ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको स्मृतिमा पुरस्कार वितरण

विराटनगरमा ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको स्मृतिमा पुरस्कार वितरण

बिराटनगर मङ्सिर २७ ,

ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको स्मृतिमा स्थापित पुरस्कारबाट दुईजना व्यक्ति नगदसहित सम्मानित भएका छन् ।

षडानन्दको जन्मजयन्तीको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा लेखक खेमराज गौतम र समाजसेवी बुद्धिप्रसाद गौतमलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको हो । गुरु षडानन्द पद्यकाव्य, आत्मीय गीत काव्य, नेपाल जननी, पूर्वङ्ग महाकाव्य लेखेर समाजमा योगदान पु¥याए भन्दै लेखक गौतमलाई पुरस्कृत गरिएको आबाल ब्रम्हाचारी षडानन्द प्रतिष्ठानले जनाएको छ । दुवै जनालाई साहित्यकार प्राध्यापक डाक्टर टंक न्यौपानेले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

यसअघि समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने आधा दर्जन व्यक्तिलाई प्रतिष्ठानले सम्मान गरिसकेको अध्यक्ष गायत्रीकुमार चापागाईंले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्